धनगढी : दक्षिण कोरियाका लागि नेपालकी राजदूत शिवमाया तुम्बाहाम्फेले भाषा पढ्नका लागि २५ लाख रुपैयाँसम्म तिरेर आएको कुरा कतिपय नेपाली विद्यार्थीहरूले सुनाएको बताएकी छन्।
सरकारले भाषा पढ्नका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) हाललाई स्थगित गरेपछि उनले नेपाली विद्यार्थीहरूले चरणचरणमा ‘दुःख पाउने गरेका’ गुनासो आफूहरूकहाँ आएको बताइन्।
खास गरी ‘अन्डरग्र्याजुअट कोर्स’का लागि कोरिया पुग्ने विद्यार्थीहरूले धेरै दुःख पाउने गरेका पाइएको तुम्बाहाम्फेले सुनाइन्। नेपाली विद्यार्थीहरूले आइन्दा दुःख नपाऊन् भनेरै आफूहरूले परराष्ट्र मन्त्रालयमार्फत् शिक्षा मन्त्रालयसमक्ष समस्या उजागर गरिदिएको र परिणामस्वरूप अनुमतिपत्र जारी गर्न स्थगित गरिएको उनले उल्लेख गरिन्।
प्रतिक्रिया जनाउनुहाेस्







