विज्ञापन

कोरियामा आत्महत्या गरेका तुलसी पुनका मालिक पक्राउ

विज्ञापन
Image
विज्ञापन

काठमाडौँः नेपाली श्रमिक तुलसी पुन मगरलाई आत्महत्या गर्न बाध्य हुने गरी कुटपिट गर्ने र श्रमिकहरुको तलब भुक्तान नगरेको अभियोगमा बंगुर फर्म मालिक सोमवार पक्राउ परेका छन्।
प्रवासी श्रमिक युनियन (एमटियु) र छल्लानादो प्रवासी श्रमिक मानव अधिकार सस्थाको निरन्तर दबाबपछि प्रहरीले कोरियाको छल्लानाम्दो याङामगुनस्थित नान उसङ बंगुर फार्मका मालिकलाई थप अनुसन्धान गर्न पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न एमटियु र मानव अधिकारवादी संस्थाले चैत २६ गते उजुरी दर्ता गराएका थिए। यो फर्म राजधानी सोलबाट झन्डै ३६० किलोमिटर टाढा छ।

एमटियुका अध्यक्ष उदय राईले श्रमिकमाथि भएको कुटपिट र तुलसी पुनको आत्महत्याको विषय न्यायिक निरुपणको क्रममा प्रवेश गरेको बताए। उनका अनुसार श्रम कार्यालयको अनुसन्धानबाट बंगुर फर्मका मालिकबाट २५ करोड ९० लाख वान भुक्तान नभइ श्रमिकलाई पिटेर भगाएको खुलेको छ।

गत फागुन ९ गते माग्दीको मालिका गाँउपालिका–१ निस्कोटका मगर बंगुर फार्ममा आत्महत्या गरेका थिए। उनी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कृषि क्षेत्रमा काम गर्न ६ महिना अगाडि मात्रै कोरिया पुगेका थिए। उनका सहकर्मीहरु लालबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रुकबहादुर सिंह, सुरेन्द्र थिङ, घनश्याम घिमिरे र तुलसी पुन मगरले आफूहरूमाथि यातना भइरहेकाले बंगुर फर्मबाट बाहिर निस्कन चाहेको भिडियो सार्वजनिक गरेका थिए । त्यसको केही दिनमै मगरले आत्महत्या गरेका थिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन