विज्ञापन

सरकारले महिलाहरूको सुरक्षाको लागि आधुनिक ब्लु बस सेवा सञ्चालन गर्ने

विज्ञापन
Image
विज्ञापन

काठमाडौं: सरकारले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरासहितको आधुनिक ब्लु बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने जनाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन्।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १३ चैत २०८२ मा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरूमा ब्लु बस सेवाबारे पनि उल्लेख छ । पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने सरकारको योजना अघि सारेको छ । त्यसबेला सरकारले महिलाहरुको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा नि:शुल्क ब्लु बस सेवा सञ्चालन गर्ने जनाएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन