विज्ञापन

सन्दीप लामिछानेले गरे केन्द्रीय सम्झौताबाट बाहिरिने घोषणा

विज्ञापन
Image
विज्ञापन

नेपाल: नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौताबाट बाहिरिने घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सन्दीपले व्यक्तिगत र व्यवसायिक कारण देखाउँदै क्यानको केन्द्रीय सम्झौताबाट बाहिर बस्न चाहेको बताए। क्यानको केन्द्रीय सम्झौतामा नरहे पनि उनले नेपालको लागि भने उत्तिकै लगनशीलताका साथ खेल्ने बताए।

‘धेरै सोच विचार गरेपश्चात मैले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौताबाट बाहिर बस्ने निर्णय गरेको छु।’ उनले पोष्टमा आफूले क्यानको सम्झौताबाट बाहिर रहेपनि नेपालप्रतिको माया र नेपाल टिमप्रतिको लगाव कम नहुने बताए। ‘म जसरी पहिला खेल्थेँ, म सोही तरिकाले खेल्नेछु। मेरो गौरव र जिम्मेवारी नेपाल टिमप्रति कम हुँदैन।’ सन्दीप हालसालै क्यानले सार्वजनिक गरेको बरीयतामा ‘ए’ ग्रेडमा रहेका थिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन