विज्ञापन

एक महिला साढे २ किलो चरेससहित पक्राउ

विज्ञापन
Image
विज्ञापन

धनगढी : कैलालीको धनगढीमा एक महिला साढे २ किलोग्राम चरेससहित पक्राउ परेकी छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराबाँडीबाट बेलमती बोहरा पक्राउ परेकी हुन्।

कैलालीको गौरीगंगा नगरपालिका–८ की ५३ वर्षीय बोहराको साथबाट २ किलोग्राम ५८० ग्राम चरेस फेला परेको कैलाली प्रहरीले बताएको छ। वडा प्रहरी कार्यालय, धनगढी र लागु औषध ब्युरो शाखा कार्यालय, धनगढीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन