विज्ञापन

एनएसएलमा आज ललितपुर सिटी र धनगढीबीच प्रतिस्पर्धा

विज्ञापन
Image
विज्ञापन

काठमाडौं: नेपाल सुपर लिग एनएसएल फुटबलको पहिलो क्वालिफायर खेलमा शनिबार साविक विजेता ललितपुर सिटी एफसी र साविक उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा साँझ ६ बजे शुरु हुनेछ। यो खेलमा जित निकाल्ने टोलीले फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ।
एनएसएलमा भोलि हुने एलिमिनेटर खेलमा एफसी चितवन र फोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले क्वालिफायर २ मा स्थान बनाउनेछ। फाइनल खेल आगामी शनिबार हुनेछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन