विज्ञापन

बजेट अभावका कारण कैलालीमा कृषि ऋण ब्याज अनुदान कार्यक्रम प्रभावित

विज्ञापन
Image
विज्ञापन

कैलाली: कैलालीमा बजेट अभाव हुँदा कृषि ऋण ब्याज अनुदान कार्यक्रम प्रभावित भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रमसँगै बजेट मार्फत किसानलाई कृषि ऋणमा ब्याज अनुदान दिने घोषणा गरेको कार्यक्रम बजेट अभावका कारण प्रभावित भएको हो । प्रदेश सरकारको घोषणा अनुसार चालु आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले कृषि ऋण ब्याज अनुदानका लागि आवेदन माग गरेको भए पनि अहिले बजेट अभाव देखाउँदै कार्यक्रम कार्यान्वयनमा अन्यौलता उत्पन्न भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर विनोद कुमार कठायतले ३ वर्षदेखि कृषि ऋणको ब्याजमा अनुदान दिने कार्यक्रम भइरहेको भए पनि चालू आवको स्वीकृत बजेट गत वर्षदेखि नै छनोटमा परेका किसानलाई मात्रै पुग्ने देखिएकाले नयाँ किसानलाई दिने अवस्था नभएको बताए ।कृषि तथा पशुपन्छी क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणको लागि कृषि व्यवसायमा आबद्ध कृषक, कृषि सहकारी, कृषि समूहलाई कृषि ऋणको ब्याजमा ८ प्रतिशत अनुदान दिँदै आइएको छ ।
ब्याज अनुदान कार्यक्रमको लागि चालू आवमा ३ करोड २० लाख बजेट विनियोजन गरिएको भए पनि उक्त बजेट विगतका वर्षमा छनोटमा परेका किसानलाई मात्रै पुग्ने सो कार्यालयले जनाएको छ । चालू आवमा सो कार्यक्रममा सहभागिताको लागि १०२ जना नयाँ किसानले आवेदन दिएका छन् ।ती नयाँ किसानलाई समेट्न थप बजेट आवश्यक पर्ने कार्यालय प्रमुख खडायतले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन