विज्ञापन

व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै

विज्ञापन
Image
विज्ञापन

नेपाल । व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याउँदै छ । १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुर्गा प्रसाई र घटनामा संलग्न उहाँका अंगरक्षक दिपक खड्कालाई आज झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी काठमाडौं ल्याइँदै गरिएको प्रहरीले विज्ञप्तिमार्फत् जानकारी दिएको हो ।
केन्द्रिय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले व्यवसायी प्रसाईंलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याउन लागेको हो । प्रसाईंलाई आजै काठमाडौं ल्याइ सार्वजनिक गरिने बताइएको छ । गत चैत्र १५ गतेको राजावादीहरुको आन्दोलनको क्रममा प्रसाईंले निषेधित क्षेत्र तोडेर गाडी चलाएका थिए । आन्दोलनको क्रममा दुई जनाको ज्यान समेत गएको थियो । त्यसपछि प्रसाईं फरार रहेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन