विज्ञापन

एनपीएल २०२५ को उद्घाटन खेलमा जनकपुर र काठमाडौं खेल्दै

विज्ञापन
Image
विज्ञापन

काठमाडौं;  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमाडौं गोर्खाज आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । पहिलो खेलका लागि सम्पूर्ण टिकट बिक्री समेत भइसकेको छ ।

गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् ।

गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो । गत संस्करणकै नतिजा दोहोर्‍याउने लक्ष्यमा जनकपुर हुनेछ ।

यस्तै काठमाडौं गोर्खाज गत संस्करण पाँचौं स्थानमा रहेर लिग चरण सकाएको थियो । यसपटक काठमान्डु गोर्खाजले जर्सीदेखि लोगो अनि प्रशिक्षकदेखि अधिकांश विदेशी खेलाडी परिवर्तन गरेको छ ।

यस संस्करणका कूल ३२ खेलमध्ये २३ खेलहरू फ्लडलाइटमा खेलिने तय छ । लिग चरणका १९ तथा प्लेअफका ३ र फाइनल गरी २३ खेलहरू फ्लडलाइटमा खेलिने छन् ।

नेपाली क्रिकेट इतिहासमै पहिलोपटक कुनै प्रतियोगिता फ्लडलाइटमा खेलिन लागेको हो । यसकारण जनकपुर र काठमाडौंबीचको खेल पनि ऐतिहासिक खेलका रूपमा हुनेछ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन