बैतडी; जेनजीको आन्दोलनमा गोली लागेर घाइते भएका बैतडीको शिवनाथ गाउँपालिका–२ मडैगाउँका १८ वर्षीय दीपकसिंह साउँदको उपचारका क्रममा शुक्रबार निधन भएको छ।
यहि भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा साउँदको टाउकोमा गोली लागेको थियो। घाइते साउँदको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो।
यसैगरि शिवनाथ गाउँपालिकाले आइतवार पालिकाभरि शोक बिदा दिएको छ। साउँदको जेनजी प्रदर्शनको क्रममा घाइते भइ उपचारका क्रममा मृत्यु भएको खबरले निकै दुखित तुल्याएको गाउँपालिकाले प्रकाशन गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ ।
साउँदको निधन भएको शोकमा आइतवार पालिकाभरीका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा शोक बिदा रहेको गाउँपालिकाले जनाएको छ । मृतक साउँदलाई राष्ट्रिय सहिद घोषणा गरि पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन गाउँपालिकाले नेपाल सरकारसँग माग समेत गरेको छ ।






