विज्ञापन

टीकापुर अस्पतालमा उपचार गर्न गएकी वृद्धा मृत फेला

विज्ञापन
Image
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
विज्ञापन

धनगढी : कैलालीको टीकापुर अस्पतालमा उपचारका लागि आएकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ जमराटोलकी ८८ वर्षीया हिरादेवी धामी मृत फेला परेकी हुन्। धामी टीकापुर अस्पतालको दक्षिण पूर्वी कुनामा मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ। प्रहरी र आफन्तले खोजतलास गर्ने क्रममा वृद्धा आइतवार बिहान १० बजेतिर मृत अवस्थामा भेटिएकी हुन्।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीले मृत अवस्थामा भेटिएकी वृद्धाको शरीरमा बाह्य चोटपटक नदेखिएको बताए। वृद्धाको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमै राखिएको छ।

वृद्धा शनिवार दिउँसो बुहारीसँगै उपचारका लागि भन्दै घर नजिकैको टीकापुर अस्पताल पुगेकी थिइन्। उनको घर र अस्पतालको दूरी आधा किलोमिटर भन्दा पनि कम छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन