विज्ञापन

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब, ४७ करोडको बजेट

विज्ञापन
Image
विज्ञापन

सुदूरपश्चिम प्रदेश: सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट प्रस्तुत गरेको छ। शनिवार आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि का लागि उक्त रकमको बजेट प्रस्तुत गरेका हुन्।

अर्थमन्त्री थापाले प्रदेश सभामा चालूतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत), पूँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५ प्रतिशत), अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ ३ अर्व ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ १ करोड विनियोजन गरेको जानकारी दिएका हुन।
प्रदेश सरकारले अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६५ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम ९ अर्ब ८७ करोड २५ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने ८ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्व ९२ करोड ३६ लाख रहेको छ ।
चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम ७ अर्व ६६ करोड ६३ लाख ४८ हजार, ससर्त अनुदानबाट प्राप्त हुने ४ अर्ब १६ करोड ३० लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ५१ करोड ६० लाख प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री थापाले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन