बैतडी: बैतडीको शिवनाथ गाउँपालिका–२ फट्केढुंगामा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्।
शिवनाथको सुल्लेखानबाट शर्मालीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च ४१८० नम्बरको जिप शुक्रवार दिउँसो २ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए।
जिप दुर्घटना हुँदा जिपका चालक बैतडीको शिवनाथ गाउँपालिका–४ देगडा घर भएका २८ बर्षीय योगेन्द्र भट्ट घाइते भएका छन्। उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ। घाइते भट्टको दुवै खुट्टामा चोट लागेको छ। जिपमा चालकमात्रै सवार रहेका थिए। कच्ची सडकखण्डमा अनियन्त्रित भएर जिप सडकबाट ५० मिटर तल खसेको थियो।
दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडुले बताए।
प्रतिक्रिया जनाउनुहाेस्





