भारत: एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दिउँसो भारतको अहमदाबादमा दुर्घटना हुँदा विमानमा सवार २४१ जनाको मृत्यु भएको छ । विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना सवार थिए।
अहिलेसम्म दुर्घटनामा एक जना मात्र यात्रु बाँचेका छन्। बाँकी सबैको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ । विमानको सिट नम्बर ११ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार दुर्घटनामा बाँचेका हुन्। उनको भिडियो पनि सार्वजनिक भएको छ।
प्रतिक्रिया जनाउनुहाेस्





