विज्ञापन

एकता कप २०२५ क्रिकेट टुर्नामेन्टको उपाधी आन्सान ड्रीम इलेभेनलाई

विज्ञापन
Image
विज्ञापन

कोरिया: कोरियामा युनाइटेड नेपालले आयोजना गरेको एकता कप (२०२५) क्रिकेट टुर्नामेन्टको उपाधी आन्सान ड्रीम इलेभेनले जितेको छ।

आइतवार छनान आसान खेलमैदानमा भएको  फाइनल खेलमा हिमालयन जाइन्सलाई हराउँदै आन्सान ड्रीम इलेभेन विजय भएको हो। टस जितेर पहिला ब्याटिङ गरेको जाइन्सले निर्धारित १० ओभरमा  ६१  रन बनाएको थियो ।

जितका लागि ६२ रनको लक्ष्य पछ्याएको ड्रिम इलेभनले ८ ओभरमा जित हासिल गरेको थियो। विजेता आन्सान ड्रीम इलेभेनले प्रथम पुरस्कार नगद २५ लाख वन सहित ट्रफी पाएको छ। उप-विजेता बनेको हिमालयन जाइन्सले १२ लाख वन नगद सहित ट्रफीमा चित्त बुझाएको छ। प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ।

साथै प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिएको आयोजकले जानकारी दिए। युनाइटेड नेपालले आयोजना गरेको एकता कप (२०२५) क्रिकेट टुर्नामेन्टको खेलमा १३ टिमको सहभागिता रहेको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन