विज्ञापन

अमेरिकामा आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा एक सय जनाको ज्यान गएको आशङ्का

विज्ञापन
Image
विज्ञापन

अमेरिकाको सान डिएगोमा आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा एक सय जनाको ज्यान गएको अनुमान गरिएको छ ।

स्थानीय समय अनुसार हिजो बिहिवार बिहान पौने ४ बजे विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । विमान दुर्घटनामा आठ जना घाइते भएका छन् भने १५ वटा भन्दा धेरै घर तथा गाडीमा क्षति पुगेको छ । दुर्घटनाग्रस्त विमानमा प्रख्यात सङ्गीतकर्मी डेभ शापिरो पनि रहेका उहाँको प्रतिभा कम्पनीले जनाएको छ । उहाँको सम ४१, स्टोरी अफ द इयर र पियर्स द भेल जस्ता ब्यान्डहरू प्रख्यात छन् ।

सान डिएगोमा आठदेखि दश जनासम्म अटाउने सानो विमान दुर्घटना भएको त्यहाँको दमकल सेवाका सहायक प्रमुख ड्यान एडीले बताउनुभयो । घटनाबारे अनुसन्धान भइहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन