विज्ञापन

सुनगाभा मन्टेसोरीले गर्यो प्रहरी जवान चन्द्रिकालाई सम्मान

विज्ञापन
Image
विज्ञापन

कैलाली: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ मा रहेको सुनगाभा मन्टेसोरीले प्रहरी जवान चन्द्रिकालाई सम्मान गरेको छ।
गोदावरी नगरपालिका –१ मा सडकमा सुत्केरी व्यथाले छटपटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका देउवालाई सुनगाभा मन्टेसोरीले बिहिवार नगद पुरस्कार सहित सम्मान गरेको हो। सुनगाभा मन्टेसोरीका प्रिंसिपल दीर्घ बहादुर साउदले देउवालाई नगद पुरस्कार सहित सम्मान गरेका हुन्।

साउदले सुत्केरी व्यथाले सडकमा छटपटिरहेको अवस्थामा महिला र बच्चालाई सकुशल प्रसुती गराइ सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले सम्मान गरेको बताए। देउवाले मंगलबार गोदावरी नगरपालिका–१ को बसन्तपुरमा सडकमा छटपटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसूति हुन सघाएकी थिइन् । देउवाकै सहयोगमा उनलाई सुरक्षित रूपमा पद्मा अस्पताल पुगाएकी थिईन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन