विज्ञापन

मलाई युद्ध मन पर्दैन, डोनाल्ड ट्रम्प

विज्ञापन
Image
विज्ञापन

अमेरिका: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराममा अमेरिकाको अहम भूमिका निर्वाह गरेको बताएका छन्।
साउदी अरेबिया पुगेका राष्ट्रपति ट्रम्पले रियादमा आयोजित साउदी-अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्ने क्रममा भारत-पाकिस्तानको उल्लेख गर्दै युद्धविराम नभएको भए लाखौं मानिसहरू मारिन सक्ने सम्भावना रहेको बताएका थिए।’मेरो सबैभन्दा ठूलो आशा शान्तिप्रिय र मानिसहरूलाई एकताबद्ध गर्ने व्यक्ति बन्नु हो।

मलाई युद्ध मन पर्दैन,’ ट्रम्पले भने। उनले भने, ‘केही दिन अघि मात्र, मेरो प्रशासनले भारत र पाकिस्तानबीच बढ्दो हिंसा रोक्न ऐतिहासिक युद्धविरामको मध्यस्थता गर्न सफल भयो।’ उनले दुवै देश (भारत र पाकिस्तान) का नेताहरूलाई धेरै शक्तिशाली र बलिया नेताको रूपमा वर्णन गरेका छन्। अमेरिकी राष्ट्रपतिले दुई देशबीच युद्धविराम सम्झौता गराएकोमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोको प्रशंसा गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन