विज्ञापन

दक्षिण कोरियामा पढ्नलाई एनओसी बन्द

विज्ञापन
Image
विज्ञापन

कोरिया: सरकारले दक्षिण कोरियामा वैदेशिक अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरणमा रोक लगाएको छ ।

दक्षिण कोरियाको कालोसूचीमा रहेका विश्वविद्यालयमा नेपाली विद्यार्थी अध्ययनका लागि पुग्ने गरेको तथ्य सार्वजनिक भएपछि सरकारले दुई महिनाका लागि एनओसी स्थगित गरेको हो ।अध्ययन गर्न जाने विद्यार्थीको नियमन गर्नुपर्ने अवस्था देखिएको शिक्षा मन्त्रालयले हिजो निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले रोजगारीलाई बढी प्राथमिकता दिएको र अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको पनि जनाएको छ । कोरियामा विद्यार्थी पठाउने बारेमा नियमन र व्यवस्थित गर्न कार्यदल गठन गरिएको र कार्यदलको सिफारिशका आधारमा थप निर्णय गर्ने गरी अहिलेलाई एनओसी रोकिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरिया धेरै नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानेमध्ये १० औं देशभित्र पर्छ । गएको आर्थिक वर्ष ६ हजार ८ सय ८९ जनाले दक्षिण कोरियाका लागि एनओसी लिएका शिक्षा मन्त्रालयको तथ्याङ्क छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन