कैलाली: ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी नायब उपरिक्षक डिएसपी गंगा बहादुर थापाको सरुवा भएको छ ।
थापाको गण्डकी प्रदेश प्रहरी गण पोखरा सरुवा भएको हो । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार सार्वजनिक गरेको सूचनामा थापासहित १२१ डिएसपीहरुको सरुवा गरेको जनाएको छ । थापाको स्थानमा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत रण बहादुर चन्द आउने भएका छन ।
प्रतिक्रिया जनाउनुहाेस्





