नेपाल: भारतको जम्मू–कश्मीरका पहलगाममा आतङ्कवादी आक्रमणबाट ज्यान गुमाएका नेपाली रुपन्देहीको बुटवलका सुदीप न्यौपाने रहेको पुष्टि भएको छ ।हिजो पर्यटकको समूहमाथि भएको आक्रमणमा परी बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीपको ज्यान गएको भारतमा रहेको नेपाली दूतावासले जनाएको हो । भारतीय सञ्चारमाध्यमबाट सार्वजनिक मृतकहरूको नाम÷ठेगानामा पनि नेपालका सुदीप न्यौपाने र ठेगाना बुटवल उल्लेख गरिएको छ।
साथै बुटवल उपमहानगरपालिका वडा १४ का अध्यक्ष दधिराम न्यौपानेले सुदीप आमासहित जम्मू–कश्मीर घुम्न गएका र हिजो भएको आक्रमणमा परेका जानकारी दिनुभयो । यो आक्रमणमा परेर कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् । केही घाइते भएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्







