कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ।
मङ्गलबार बिहान बेलौरी नगरपालिका –१० शिवनगर स्थित निर्मल आर्यघाट नजिक मृत फेला परेका व्यक्ती बेलडाँडी गाउँपालिका वडा नम्बर–३ कमरीका ५० वर्षीय हरिकिसन राना भएको प्रहरीले पुष्टी गरेका हुन । उनि मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए। घटना स्थालमा पुगेका मृतक राना परिवारजनका अनुसार, राना बिहान साढे ४ कलकत्ता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेका थिए।
उनि मोटरसाइकलसहित पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। सडक किनार राखिएको तोरीको भुसमा मोटरसाइकल पुर्ण जलेको र राना केही पर जलेको फेला परेका थिए। रानाको मोबाइल ,पर्स र केही पैसा नजिकै डिलमा सुरक्षीत भेटिएको छ । मृतक रानाको परिवारले उनको हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरि रहेका छ्न। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । प्रहरी टोली हाल घटनास्थलमै रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी चक्रराज जोशी नेतृत्वको टोलीसमेत घटनास्थलमा पुगेको छ ।
घटनास्थलमा तालिम प्राप्त कुकुर समेत मगाइएको छ । पेशाले मृतक राना भैंसीपालक किसान हुन् ।





