विज्ञापन

बैतडीमा स्कुल बसको ढोकाबाट खसेर शिक्षकको मृत्यु

विज्ञापन
Image
an Indian or Asian person laying dead with outstretched hand during COVID-19 or corona virus outbreak
विज्ञापन

बैतडी: स्कुल बसको ढोकाबाट खसेर बैतडीमा एक शिक्षकको मृत्यु भएको छ ।

शनिबार दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षीय विष्णुराज भट्टको मृत्यु भएको हो । विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका बेला महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा बसको ढोकाबाट खसेर उनी गम्भीर घाइते भएका थिए ।

शिक्षक भट्टको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । घटनापश्चात बस चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन