विज्ञापन

कैलालीमा बस र माइक्रो एक आपसमा ठोक्कियो, १० जना घाइते

विज्ञापन
Image
विज्ञापन

धनगढी: कैलालीमा बस र माइक्रो बस एकआपसमा ठोक्किदा भएको दुर्घटनामा १० जना घाइते भएका छन् ।

घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा शुक्रबार साँझ सुपप्र०१–००१ ख ३१९७ बस र कर्णाली प्रदेश ०२–००१ ज ०६३९ नम्बरको माइक्रो बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएका हुन ।

दुर्घटनामा माईक्रो बस चालक गोदावरी नगरपालिका–२ तेघरी बस्ने २३ वर्षीय भुवन बहादुर महरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य ९ जना घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । बस चालक गोदावरी नगरपालिका–१२ गेटा बस्ने ३६ वर्षीय जितु चौधरी फरार भएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन