विज्ञापन

कैलालीमा पूर्व वडाध्यक्ष शाहले गरे आत्महत्या

विज्ञापन
Image
विज्ञापन

कैलाली – कैलालीमा खोला किनारामा अचेत भेटिएका पूर्ववडाध्यक्षको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–९ का पूर्ववडाध्यक्ष कृष्णबहादुर शाहको मृत्यु भएको हो । बिहीबार दिउँसो विष सेवन गरी अचेत अवस्थामा भेटिएका उनको घोडाघोडी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दिउँसो १ बजे घोडाघोडी नगरपालिका– ९ को सिमली खोला नजिकै शाह फेला परेका थिए । घटनास्थलमा सुसाइट नोट पनि फेला परेको प्रहरीले जनाएको छ ।

उनी २०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट शाहले वडाध्यक्षमा विजयी भएका थिए । उनी एमाले घोडाघोडी नगर कमिटी उपाध्यक्ष पनि हुन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन