विज्ञापन

भएन शिक्षकका माग पूरा: आन्दोलन जारी

विज्ञापन
Image
विज्ञापन

काठमाडौं: सरकारले शिक्षका माग पूरा गर्न सकेको छैन।

सरकारले माग सम्बोधन गर्ने आश्वासन दिँदै कार्यथलोमा फर्कन आग्रह गरे पनि शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने भएका छन्। विद्यालय शिक्षा ऐन जारी नभएसम्म सडक नछोड्ने अडानमा रहेका शिक्षकहरुले बिहीबार पनि माइतीघर–बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएका हुन्।

दिउँसो १२ बजे माइतीघर मण्डालामा भेला भएर प्रदर्शन गरिने नेपाल शिक्षक महासंघले जनाएको छ। शिक्षकले आफूहरुका माग पूरा नभए आन्दोलन जारी रहने बताए। आन्दोलनलाई मर्यादित र अनुशासित बनाउँदै तोकिएको अवधि दिउँसो १२ देखि ३ बजेसम्म आन्दोलन स्थलमै रहन शिक्षकहरूलाई आग्रह गरेका छन्। सरकारले माग पूरा गर्ने प्रक्रिया सुरु गरिसकेकाले आन्दोलन स्थगित गरी विद्यालयमा फर्कन आग्रह गरे पनि शिक्षकहरू विश्वस्त हुन सकेका छैनन्।

मन्त्रिपरिषदले वैशाख १२ गते संसद अधिवेशन आह्वानको सिफारिस गर्दै विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको थियो।शिक्षा मन्त्रालयले पनि बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णय प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदर्शनका कार्यक्रम रोकेर काममा फर्कन शिक्षकहरूलाई आग्रह गरेको छ। शिक्षकहरुकको आन्दोलनले देशभर विद्यार्थी भर्ना अभियान र एसईईको उत्तरपुुस्तिका परीक्षण रोकिएको छ भने आगामी वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को राष्ट्रिय परीक्षा समेत प्रभावित हुने भएको छ।  शिक्षकको यो रवैयाले अभिभावक भने मारमा परेका छन्। उनीहरु आफ्ना छोराछोरीको भविष्य अब के हुने भन्ने चिन्तामा छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन