विज्ञापन

कांग्रेसबाट सरकारमा गएका मन्त्री प्रति असन्तुष्टः गगन थापा

विज्ञापन
Image
विज्ञापन

नेपाल: कांग्रेस महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा गएकाले राम्रो पफमेन्स दिन नसकेको दाबी गरेका छन्। उनले कार्यकर्ताले पार्टी नेतृत्व र सरकारमा गएका मन्त्रीसँग असन्तुष्टी भइरहेको बताएका हुन्।
उनले नेपालमा २०६० सालदेखि ७० सम्मको १० वर्ष माओवादीको हिंसाबाट क्षति भएका संरचना पुनर्निर्माण र व्यवस्थापनमै बितेको बितेको उल्लेख गरे। ‘२०६० सालदेखि ७० सालसम्मको १० वर्ष माओवादी हिंसाले सिर्जना गरेका जति पनि परिणामहरु जे कुरा भए त्यसको व्यवस्थापन गर्दाखेरि हाम्रो १० वर्ष बित्यो।

’ महामन्त्री थापाले भने, ‘७० देखिको ८० सम्मको १० वर्ष प्रारम्भिकरुपमा त्यसलाई व्यवस्थापन गरिसकेपछि त्यसलाई दीगोरुपमा समाधान खोज्नेक्रममा संविधान बनाउने, चुनाव गराउनेमा बित्यो। १०–१५ वर्षमा बल्ल हामी इन्फास्टक्चर बनायौं। अब दौडिने बेला आएका छौं।’महामन्त्री थापाले ६० सालको बैशाख २ गते माओवादीको हिंसाले गर्दा अहिले २०८२ बैशाख २ भन्दा झन् प्रतिकूल रहेको उल्लेख गरे। उनले कांग्रेसले देशलाई भरोसा दिलाउन सक्नुपर्ने धारणा राखे। थापाले नेपाली समाजमा देखिएको निराशा हटाउँदै आत्मविश्वास र भरोसा दिलाउन पार्टी लाग्नुपर्ने बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन