विज्ञापन

दक्षिण कोरियामा सुदूरपश्चिमको मौलिक चाड बिसु मनाइयो

विज्ञापन
Image
विज्ञापन

कोरिया: दक्षिण कोरियामा सुदूरपश्चिमको मौलिक चाड बिसु मनाइएको छ।

सुदूरपश्चिम समाज, दक्षिण कोरियाले आइतवार नयाँ वर्ष २०८२ तथा बिसुको शुभकाना आदान-प्रदान तथा देउडा कार्यक्रमको आयोजना गरि बिसु पर्व मनाएको हो। उक्त कार्यक्रममा सुदूरपश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष भट्टको सभापतित्व र समाजका संरक्षक जितेन्द्र महता कार्यक्रममा प्रमुख अतिथि रहेका थिए।

शुभकामना आदान-प्रदान कार्यक्रममा लोक-प्रिय देउडा गायिका गीता चुनारा, प्रेमकला वि.क लगायत अन्य कलाकारहरूको बेजोड प्रस्तुती रहेको थियो। सोही कार्यक्रममा गायिका चुनारालाई समाजका अध्यक्ष महेश भट्टले प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । पुर्व अध्यक्ष सन्तोष सुवर्णकार,पुर्व अध्यक्ष यज्ञमा नायक, निवर्तमान अध्यक्ष दिल बहादुर मडै, सल्लाहकार, कार्यसमिति, बिभाग प्रमुख, जिल्ला संयोजक, लगायत सुदूरपश्चिमेलीहरू तथा नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।
सुदूरपश्चिमको मौलिक चाड बिसु अर्थात् नयाँ वर्षमा आफ्नो जन्मभूमि जान नपाए पनि विदेशमै भएर रमाइलो गर्ने, एक अर्कामा भाइचाराको सम्बन्ध कायम राख्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको अध्यक्ष भट्टले बताए । विगत देखि नै सुदूरपश्चिम समाज दक्षिण कोरियाले चाड, पर्वलाई मध्येनजर गर्दै विभिन्न किसिमका कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।

त्यसै गरि सुदूरपश्चिम समाज बुसान, दक्षिण कोरियाले पनि बिसु तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान-प्रदान तथा देउडा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको समाजका अध्यक्ष देवराज बडुले बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन