विज्ञापन

‘पर्यटकीय क्षेत्रको विकासका लागि एकीकृत योजना आवश्यक छ’

विज्ञापन
Image
विज्ञापन

धनगढी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले खप्तड, रामारोशन, बडीमालिका, रारालगायत क्षेत्रको एकीकृत विकासका लागि योजना आवश्यक रहेको बताएका छन्।

बाजुरेली सेवा समाजको धनगढीमा आयोजित ७औँ साधारणसभा उद्घाटन कार्यक्रममा उनले पर्यटकीय क्षेत्रको एकीकृत विकासका लागि सरकारी कार्ययोजना निर्माणका लागि आफूले पहल गरिरहेको बताए।

मन्त्री पाण्डेले सुदूरपूर्वदेखि पश्चिम महाकालीसम्म रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रको एकीकृत विकासका लागि आवश्यक अध्ययन गरिनेसमेत बताए। विकास र समृद्धिका लागि पर्यटकीय गतिविधि बढाउने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आवश्यक योजना अघि बढाउने उहाँको भनाइ थियो।

मन्त्री पाण्डेले विदेश पलायन भएका युवा जनशक्ति र पुँजीलाई स्वदेश फिर्ता गर्ने गरी योजना अघि बढाउनुपर्ने आवश्यकतासमेत औँल्याए। उनले सहर केन्द्रित युवालाई गाउँमा फिर्ता गरेमात्र देशको अर्थतन्त्र सुधार हुने जिकिर गरे

कार्यक्रममा नेकपा (एमाले) नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापाले सुदूरपश्चिमको समग्र विकासका सन्दर्भमा हार्दिकता, एकता र तत्परताका साथ अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन