बारा — हनुमान जयन्तीको शोभायात्राका क्रममा तनाव सिर्जना भएपछि वीरगन्जमा प्रहरीले २ राउन्ड हवाई फायर र १२५ राउन्ड अश्रुग्यास प्रहार गरेको खुलेको छ ।
घण्टाघरदेखि दक्षिणतर्फ वीरगन्ज–३ छपकैयास्थित श्रीराम चोक पुगेर फर्किने क्रममा शोभायात्राका सहभागीमाथि अज्ञात समूहले ढुंगा हानेको थियो । त्यसपछि तितरवितर भएका सहभागीले टायर बालेर प्रदर्शन गरे भने पसलका फर्निचर निकालेर जलाएका थिए ।
प्रतिक्रिया जनाउनुहाेस्





