कोरिया: दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि भएको चुनावमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार इ.जे म्युङ विजय भएका छन।
उनले कुल खसेको मतको ४९.४२% मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्दी पिपुल्स पावर पार्टीका किम मुन्सुले ४१.१६% मत प्राप्त गरेका थिए।
जम्मा ४ करोड ४३ लाख ९१ हजार ८ सय ७१ मतदाता मध्य, ३ करोड ५२ लाख, ४० हजार ४ सय १६ मत खसेको निर्वाचन आयोगले जनाएको छ । मङ्गलवार मध्यरातसम्म भएको मतगणनापछि हार स्वीकार गर्दै सत्तारूढ दलका किम मुन सूले म्युङलाई बधाई समेत दिएका छन। यो सन् १९९७ पछिको सबैभन्दा धेरै मतदान भएको हो।
जीतसँगै ६१ वर्षीय लीले आज देशको राष्ट्रपतिको रूपमा शपथ लिने छन । उहाँले आफ्नो विजय भाषणमा दक्षिण कोरियाको अर्थतन्त्रलाई पुनः शुरू गर्ने र उत्तरसँग शान्ति स्थापना गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पूर्वराष्ट्रपति युन सुक–योलले ‘मार्शल ल’ को घोषणा गरेपछि उहाँलाई महाभियोग लगाएर पदबाट हटाइएको थियो ।








