विज्ञापन

पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

विज्ञापन
Image
विज्ञापन

१.बेंगलुरु रोयल च्यालेन्जर्सले १८ वर्षपछि आईपीएल उपाधि जित्यो।
२. फाइनलमा बेंगलुरुले पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्यो।
३.शशांक सिंहले अन्तिम ओभरमा ३ छक्का र चौका प्रहार गरे।
काठमाडौं: रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।

मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो । अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन ।

शशांक ३० बलमा ६१ रनमा अविजित रहे । जोश इङ्लिसले ३९ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए ।

पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिए । काइल जेमिसनले ४ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १(१ विकेट लिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन