विज्ञापन

दक्षिण कोरियामा आज राष्ट्रपति चुनाव, मतदान बिहान ६ बजे देखि सुरू

विज्ञापन
Image
विज्ञापन

कोरिया: दक्षिण कोरियामा आज राष्ट्रपतीय चुनाव शान्तिपूर्ण रूपमा सुरु भएको छ।

बिहान ६ बजे देखि नै देशभरका मतदान केन्द्रहरूमा मतदान सुरू भइरहेको छ। यो चुनाव पूर्व राष्ट्रपति युन सुक-योलको पदच्युतिपछि नयाँ राष्ट्रपतिको चयनका लागि आयोजना गरिएको हो।
निर्वाचन आयोगका अनुसार आजको मतदान साँझ ८ बजेसम्म जारी रहने छ। देशभरका हजारौं मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन कडा गरिएको छ। मतदाता परिचयपत्र (जस्तै 주민등록증, 운전면허증, वा पासपोर्ट) सहित आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित हुनुपर्ने छ।
निर्वाचनको नतिजा आज राति वा भोलि बिहानसम्म प्रारम्भिक नतिजा सार्वजनिक गरिने छ।

देशका प्रमुख उम्मेदवारहरूले अन्तिम दिनसम्म जनमत प्रभावित पार्न प्रयास गरेकाले आम नागरिकमा उत्साह बढेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन